समाज


यसरी मनायो नेपाली सेनाले ‘यूएन डे’

यसरी मनायो नेपाली सेनाले ‘यूएन डे’

नेपालखबर
कात्तिक ५, २०७९ शनिबार १२:३७, काठमाडौँ

नेपाली सेनाले संयुक्त राष्ट्रसंघ दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। संयुक्त राष्ट्रसंघको स्थापना भएको दिन अर्थात्  (यूएन डे) को अवसरमा नेपाली सेनाले २ दिन विभिन्न कार्यक्रम गर्ने भएको छ। 

पहिलो दिन शनिबार जङ्गी अड्‍डास्थित खेल मैदानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले मार्च पास प्रदर्शन गरेका छन्।

यस्तै नेपाली सेनाले विभिन्न प्रकारका झाँकी, आइकिदो, जुम्बा, व्यान्ड डिस्प्ले गर्नुका साथै काठमाडौं उपत्यकाभित्रका सैनिक आवासीय महाविद्यालय, विद्यालय र राष्ट्रिय सेवा दलका शिक्षार्थीले नृत्य प्रदर्शन गरेका थिए।

कार्यक्रममा सहभागीहरुबीच ५ किलोमिटर वाकाथन र ३२०० मिटर साइकल स्प्रिन्ट प्रतियोगिता समेत सञ्चालन गरिएको थियो।

कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधान सेनापति, रक्षा सचिव किरणराज शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारी, नेपालस्थित संयुक्त राष्ट्र संघको विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि,सञ्‍चारकर्मीलगायत नेपाली सेनाका अधिकारी सहभागी थिए। सोही  कार्यक्रमपश्चात्, प्रधान सेनापति महारथी शर्माले विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरे।

कार्यक्रमअन्तर्गत दोस्रो दिन आइतबार जङ्गी अड्‍डामा परराष्ट्र मन्त्री डा. नारायण खड्काको उपस्थितिमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरिन भएको छ।

यस प्रकारको कार्यक्रमले विश्व शान्ति स्थापनामा नेपाली सेनाको कटिबद्धता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा उजागर हुने नेपाली सेनाको विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad