ग्लोबल


बेलायती प्रधानमन्त्री ट्रसद्वारा पद सम्हालेको ६ हप्तामै राजीनामा

बेलायती प्रधानमन्त्री ट्रसद्वारा पद सम्हालेको ६ हप्तामै राजीनामा

नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १८:३०, काठमाडौँ

बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छन्। एकपछि अर्को संकटमा चेपिँदै गएकी उनले पदमा चुनिएको ६ हप्तामै राजीनामा दिएकी हुन्।

उनले सेप्टेम्बर ६ मा प्रधानमन्त्री पद सम्हालेकी थिइन्।

नियुक्त भएको ४५ दिनमा राजीनामा दिएकी ट्रस बेलायतको इतिहासमै सबैभन्दा छोटो समय प्रधानमन्त्री बन्ने व्यक्ति बनेकी छन्। यसअघि १८२७ मा जर्ज क्यानिङ ११९ दिन प्रधानमन्त्री बनेकी थिइन्।

२३ सेप्टेम्बरमा अर्थमन्त्री क्वासी क्वार्तेङले मिनी बजेट ल्याएदेखि नै ट्रस विवादमा परेकी थिइन्।

त्यसयता उनकै पार्टीका नेताहरुले उनको राजीनामा माग गर्दै आएका थिए। मन्त्रीहरुले समेत पदत्याग गर्न थालेपछि उनी थप दबाबमा परेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .