ग्लोबल


डेढ महिनामै ढल्यो बेलायतको सरकार, प्रधानमन्त्रीले दिइन् राजीनामा

डेढ महिनामै ढल्यो बेलायतको सरकार, प्रधानमन्त्रीले दिइन् राजीनामा

नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १८:३२, काठमाडौँ

बेलायतकी प्रधान लिज ट्रसले पदबाट बिहीबार राजीनामा दिएकी छन्। 

पदमा नियुक्त भएको डेढ महिनामै उनले राजीनामा दिएकी हुन्।

उनको स्थानमा ऋषि सुनाक प्रधानमन्त्री नियुक्त हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

विवाद बढ्दै गएपछि बेलायतस्थित कन्जर्भेटिभ पार्टीका सांसदले उनलाई राजीनामा दबाब दिएका थिए।

पछिल्लो पटक सांसद शेरिल मरेले सार्वजनिक रूपमा प्रधानमन्त्री लिज ट्रसको राजीनामा मागेकी थिइन्। 

उनले लिज ट्र्सको स्थिति अब प्रधानमन्त्रीका रुपमा रहिरहने नसक्ने रहेको बताएकी थिइन्। 

शेरिल मरे लिज ट्रसको राजीनामा माग्ने समूहमा मिसिने पछिल्लो सांसद थिइन्। 

यसअघि बुधबार राति बेलायतका गृह मन्त्री सुएला ब्रेवरम्याने पदबाट राजीनामा दिएका थिए।  

उनको स्थानमा पूर्व परिवहन मन्त्री ग्रान्ट साप्सलाई उक्त जिम्मेवारी दिइएको थियो।

राजीनामापछि उनले प्रधानमन्त्री कार्यालयमा पत्रकारसँग कुरा गरिरहेकी छन्। 

उनले पत्रकारहरुसँग कुरा गर्दै आफू जुन म्यान्डेटसहित सरकारमा आएको त्यो पूरा नगरेपछि पद त्याग्ने निर्णयमा पुगेको बताएकी छन्। 

'म मान्छु मलाई जुन परिस्थितिमा कन्जर्भेटिभ पार्टीले जस्तो जिम्मेवारी दिएको थियो, त्यो पूरा गर्न नसक्ने निष्कर्षसहित पद त्यागेकी हुँ।'

उनले राजा चार्ल्ससँग भेटेर उनलाई राजीनामा दिइसकेको बताइन्।  उनले अब  कन्जर्भेटिम पार्टीको प्रमुखको जिम्मेवारीबाट पनि राजीनामा दिने बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad