ad ad

ग्लोबल


बलप्रयोग गरेर भए पनि ताइवान एकीकरण गरिछाड्छौँ : सी

बलप्रयोग गरेर भए पनि ताइवान एकीकरण गरिछाड्छौँ : सी

हु चिन्ताओका साथमा सी


नेपालखबर
असोज ३०, २०७९ आइतबार ९:५०, काठमाडौँ

चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानलाई जसरी पनि चीनसँग एकीकरण गर्ने बाचा गरेका छन्। पार्टी सम्मेलनमा आफ्नो प्रतिवेदन पेस गर्दै उनले पृथकतावादी गतिविधि नियन्त्रण गरिछाड्ने बताएका हुन्।

सीले सो बाचा गर्दा हलमा सबैभन्दा धेरै तालीको गड्गडाहट सुनिएको थियो।

‘हामी अधिकतम विनम्रताका साथ शान्तिपूर्ण पुनर्एकीकरणको प्रयास गरिरहनेछौँ। तर, बलप्रयोगलाई त्याग गर्ने बाचा गर्दैनौँ। र, आवश्यक सबै उपाय लगाउने विकल्प हामी खुला राख्छौँ। यो सम्पूर्ण रुपले बाहिरी शक्तिको हस्तक्षेप र ताइवानको ‘स्वतन्त्रता’ खोज्ने केही पृथकतावादी शक्तितर्फ लक्षित छ। यो हाम्रा ताइवानका देशभक्तहरुप्रति लक्षित छैन,’ सीले भने, ‘हाम्रो देशको पूर्ण पुनर्एकीकरण गरिनैपर्छ। र, निस्सन्देह, गरिनेछ।’

ताइवान मामिला समाधानका लागि पार्टी आफ्नो रणनीतिमा अडिग रहनुपर्ने उनको भनाइ थियो। 

तर, पार्टीले सधैँ ताइवानका देशभक्तहरुलाई सम्मान गर्ने, ख्याल गर्ने र तिनको फाइदाको लागि काम गर्ने उनले बताए। 

‘ताइवान मुद्दाको समाधान चिनियाँ जनताको मात्र चासोको विषय हो। यसको निर्णय चिनियाँ जनताले नै गर्नेछन्,’ सीले थपे।

हङकङ र मकाओका लागि एक मुलुक दुई व्यवस्था नै उत्तम व्यवस्था भएको उनको भनाइ थियो। 

ती क्षेत्रहरुले उच्च स्वशासन प्राप्त गर्ने र त्यहाँ देशभक्तहरुले प्रशासन चलाउने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .