ad ad

ग्लोबल


पाकिस्तानमा बाढीपहिरोका कारण थप २० जनाको मृत्यु

पाकिस्तानमा बाढीपहिरोका कारण थप २० जनाको मृत्यु

नेपालखबर
असोज ७, २०७९ शुक्रबार १९:६, इस्लामावाद

पाकिस्तानमा बाढी पहिरोका कारण थप २० जनाको मृत्यु भएको छ। पछिल्लो एक दिनमा प्राप्त विवरणअनुसार मृत्यु भएकामध्ये १५ जना बालबालिका छन् भने दुई जना महिला छन्। 

पाकिस्तान प्रकोप व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा मृत्यु भएकामध्ये १७ जना सिन्ध प्रान्तको मात्रै रहेको जनाएको छ। पाकिस्तानमा आएको बाढी पहिरोबाट सबैभन्दा धेरै सिन्ध प्रान्त प्रभावित भएको छ भने अन्य प्रान्तमा पनि असर परेको छ।

बढीपछिका घटनामा परी पाकिस्तानमा अरु कैयौ घाइते भएका छन् भने लाखौँ विस्थापित भएका छन्। पछिल्लो एक दिनमा मात्रै एक हजार सात सय ३३ घरमा क्षति पुगेको छ भने २३ हजार तीन सय १२ जनावर मरेका छन्।

मध्य जुन महिनामा सुरु मनसुनसँगै भएको वर्षाका कारण भएका घटनामा परी अहिलेसम्म एक हजार  पाँच सय ९६ जनाको मृत्यु भएको छ। घटनामा अहिलेसम्म १२ हजार ८६३ जना घाइते भएको र उनीहरुको उपचार विभिन्न अस्पतालमा भइरहेको पनि प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार जनदेखि अहिलेसम्म २० लाख १६ हजार आठ घर क्षतिग्रस्त भएर उपभोग गर्न नमिल्ने अवस्थामा पुगेका छन्।  घरबारविहीन भएका उनीहरु विस्थापित भएर देशका विभिन्न ठाउँमा अस्थायी शिविरमा बसेका छन्। 

उनीहरुलाई आधारभूत सेवा सुविधाको पनि अभाव भएको भन्दै पाकिस्तान सरकारले सहयोगका लागि सबैलाई अनुरोध पनि गरेको छ। कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायहरुले पाकिस्तानलाई यसअघि नै सहयोग गरिसकेका छन्। कतिपय देश तथा निकायहरुले भने दिने चरणमा रहेको जनाएका छन्।  रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .