ग्लोबल


राष्ट्रसंघलाई समावेशी बनाउन सुरक्षा परिषद् सदस्य थप्नुपर्छ : बाइडेन

राष्ट्रसंघलाई समावेशी बनाउन सुरक्षा परिषद् सदस्य थप्नुपर्छ : बाइडेन

नेपालखबर
असोज ५, २०७९ बुधबार २१:४७, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रसंघीय सुरक्षा परिषदका स्थायी र अस्थायी सदस्यहरुको संख्या बढाउने मागमा समर्थन जनाएका छन्। त्यसले सुरक्षा परिषद् थप समावेशी हुने उनको भनाइ छ।

बुधबार राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै सुरक्षा परिषदको सिट बढाउने पक्षमा मुलुकहरुको समर्थन बढिरहेको बताए।

‘परिषदको स्थायी र अस्थायी दुवैखाले प्रतिनिधिको संख्या बढाउने पक्षमा अमेरिका छ। यसमा हामीले लामो समयदेखि समर्थन गरिरहेका अफ्रिकी, ल्याटिन अमेरिकी र क्यारेबियन मुलुकहरुलाई स्थायी सदस्य सिट उपलब्ध गराउने कुरा पनि पर्छ,’ उनले भने।

‘यो संस्था थप समावेशी बन्ने समय आइपुगेको छ, ताकि हामी आजको विश्वको आवश्यकतालाई अझ राम्ररी सम्बोधन गर्न सकौँ,’ बाइडेनले थपे। 

छिमेकी भारतलगायत मुलुकले सुरक्षा परिषदको स्थायी सदस्य बन्ने प्रयास गरिरहेका छन्।

बाइडेनले राष्ट्रसंघीय बडापत्रको पालना र एकताको आह्वान गर्दै आफ्नो मन्तव्य टुंग्याए।

‘मेरा नेता मित्रहरु, आज हामीले सामना गरिरहेका चुनौती पक्कै पनि विशाल छन्। तर, हाम्रो क्षमता त्यसभन्दा विशाल छ। हाम्रो प्रतिबद्धता त्यसभन्दा विशाल हुनैपर्छ,’ बाइडेनले भने।

‘हामी इतिहासको निष्क्रिय साक्षी होइनौँ। हामी इतिहासको निर्माता हौँ। हामी यो काम गर्न सक्छौँ– हाम्रा लागि र हाम्रो भविष्य, मानवजातिका लागि।’ एजेन्सी 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad