काठमाडौंको कपनमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ।
कपन राममन्दिर नजिकै रहेको एक घरमा बुधबार साँझ लागेको आगोबाट तीन जनाको ज्यान गएको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।
घटनामा अन्य केही व्यक्तिसमेत घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि पठाइएको छ।
ट्रेकिङ अफिस रहेको सो घरमा अक्सिजन सिलिण्डर विस्फोटपछि आगलागी भएको थियो।
काठमाडौं, ललितपुर र भक्तपुरसहित त्रिभुवन विमानस्थलका दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको एसपी मैनालीले बताए।
आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीय खटेका थिए।
अहिले थप मानवीय र भौतिक क्षतिबारे खोजी भइरहेको एसपी मैनालीले बताए।
96
Shares

प्रतिक्रिया