ग्लोबल


अमेरिकामा एकापसमा ठोक्किए दुई विमान, तीनजनाको मृत्यु

अमेरिकामा एकापसमा ठोक्किए दुई विमान, तीनजनाको मृत्यु

नेपालखबर
असोज २, २०७९ आइतबार ११:१३, काठमाडौँ

अमेरिकाको कोलोराडोमा शनिबार हावामा दुई विमान एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। 

अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटना भएका विमानमध्ये एउटामा दुई र अर्को विमानमा एकजना सवार थिए। दुवै विमानको अवशेष फरक फरक स्थानमा पाइएको थियो। 

शनिबार बिहान उक्त दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले बताएको छ। दुर्घटनामा परेका विमानहरुमा एउटा केसेना १७२ र अर्को सोनेक्स सेनोस रहको बताइएको छ। 

मृतकको पहिचान भने खुलाइएको छैन। अहिले यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .