ad ad

ग्लोबल


बेलायती महारानीको अन्त्येष्टिमा चिनियाँ उपराष्ट्रपति सहभागी हुने

बेलायती महारानीको अन्त्येष्टिमा चिनियाँ उपराष्ट्रपति सहभागी हुने

नेपालखबर
असोज २, २०७९ आइतबार ८:१२, काठमाडौँ

बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टिमा चीनको तर्फबाट उपराष्ट्रपतिले सहभागिता जनाउने भएका छन्। 

चिनियाँ राष्ट्रपति सी चिनफिङको विशेष प्रतिनिधिका रुपमा उपराष्ट्रपति वाङ क्विशान अन्त्येष्टिका लागि बेलायत जाने भएका हुन्। 

बेलायत सरकारको महारानीको अन्त्येष्टि समारोहमा आतिथ्यता ग्रहण गर्न आग्रह गर्दै राष्ट्रपति सीलाई निमन्त्रणा गरेको थियो। उनको अन्त्येष्टि यही सेप्टेम्बर १९ मा लण्डनमा भव्य समारोहका साथ गर्ने तयारी बेलायती सरकारले गरेको छ। 

अन्त्येष्टि समारोहमा सहभागी हुन बेलायतले अधिकांश देशका राष्ट्र तथा सरकार प्रमुखलाई निमन्त्रणा गरेको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन पनि अन्त्येष्टिमा सहभागी हुन बेलायत जानेछन्। 

विभिन्न देशबाट आएका पाहुना बेलायतका नयाँ राजा चार्ल्सद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुनेछन्। 

एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो। बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको ९६ वर्षको उमेरमा निधन भएको हो। उनको निधनमा बेलायतसहित धेरै देशका राष्ट्रिय शोक मनाउने घोषणा गरिएको थियो। 

औपचारिकरूपमा शोक प्रकट गर्न अहिले बेलायतका सरकारी र राजपरिवारसँग सम्बद्ध कार्यालयमा झण्डा आधा झुकाइएको छ। 
तर राजा रहेको ठाउँमा भने झण्डा नझुकाइने अभ्यास छ।

एउटा राजा वा रानीको निधन भएपनि अर्को राजाले तत्कालै जिम्मेवारी लिने भएकाले राजा रहेको ठाउँमा झण्डा नझुकाइने भएको हो। 

अन्य ठाउँमा झुकाइएका झण्डा भने महारानीको राजकीय अन्तिम संस्कार सकिएको भोलिपल्ट बिहान ८ बजेसम्म नै आधा झुकाइने भएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .