चिनियाँ राष्ट्रपति सी चिनफिङले जनमुक्ति सेनाका नर्दन थिएटर कमान्डर लेफ्टिनेन्ट जर्नेल वाङ चियाङलाई जर्नेल पदमा बढुवा गरेका छन्।
चीनमा सेवारत सेनाका लागि जर्नेल सबैभन्दा उपल्लो पद हो।
सी केन्द्रीय सैन्य आयोगका अध्यक्ष पनि हुन। उनले अक्टोबर ८ का दिन वाङको बढुवा आदेशमा हस्ताक्षर गरेका हुन्।
सो समारोहको अध्यक्षता सैन्य आयोगका उपाध्यक्ष जर्नेल चाङ युसियाले गरेका थिए।
समारोहमा जर्नेलहरु वेइ फेङहे, ली चुओचेङ, एड्मिरल मिआयो हुवालगायत उपस्थित थिए।
240
Shares

प्रतिक्रिया