ग्लोबल


रुसको सैन्य भवनमा आगजनीको प्रयास

रुसको सैन्य भवनमा आगजनीको प्रयास

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन


नेपालखबर
भदौ २५, २०७९ शनिबार ७:४९, काठमाडौँ

रूसको संघीय सुरक्षा सेवा (एफएसबी)ले सेन्ट पिटर्सबर्ग नजिकैको सैन्य भवनमा आगजनीको प्रयास विफल पारिएको र घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई पक्राउ गरेको जनाएको छ।

गत फेब्रुअरीमा क्रेमलिनले युक्रेनमा सैन्य अभियान सुरु गरेयता सैन्य भवनमा आक्रमण बढेको छ। 

सेन्ट पिटर्सबर्गबाट करिब १४० किलोमिटर उत्तरमा पर्ने भाइबोर्ग सहरका तीन जना बासिन्दाले रक्षा मन्त्रालयको प्रशासनिक भवनमा आगजनीको प्रयास गरेको एफएसबीले जनाएको छ।

‘आतङ्ककारी आक्रमणको प्रयास’ भएको विषयमा अनुसन्धान सुरु गरिएको छ। घटनामा दोषी ठहरिएमा उनीहरूलाई लामो जेल सजायको हुनसक्ने बताइएको छ। 

रूसी सञ्चारमाध्यमले फेब्रुअरीको अन्त्यदेखि दर्जनौं भवनलाई पेट्रोल बम (मोलोटोभ ककटेल)ले निशाना बनाइएको वा तोडफोड गरिएका घटनाहरू सार्वजनिक गरेका छन्। 

रूसी सरकारी सञ्चार माध्यममा प्रशारण नभएका यी घटनाहरूले प्रायः नयाँ सैनिकहरूको भर्ती र सम्भावित भर्तीहरूको सूची व्यवस्थापन गर्ने सैन्य परिसरहरूलाई लक्षित गर्ने गरेको बताइएको छ। 

मस्कोले युक्रेनमा आफ्नो सैन्य अपरेसनको कुनै पनि आलोचना गर्नेलाई कडा सजाय दिन्छ। स्वतन्त्र रूसी निगरानी समूह ओभीडी–इन्फोले १६ हजारभन्दा बढीलाई हिरासतमा लिएको जनाएको छ।

रूसी अधिकारीहरूले सेनालाई ‘बदनाम’ गरेको आरोप लागेका व्यक्तिलाई पनि भारी जरिवाना तिराएका छन्।

ओभीडी–इन्फोका अनुसार रूसी सेना बारेमा ‘भ्रामक समाचार फैलाउने’ लगायत सैन्य अभियानको निन्दा गरेको आरोपमा २३० जनाभन्दा बढी व्यक्तिविरुद्ध फौजदारी मुद्दा दायर गरिएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad