ad ad

ग्लोबल


भियतनामको बारमा आगलागी, ३२ जनाको मृत्यु

भियतनामको बारमा आगलागी, ३२ जनाको मृत्यु

नेपालखबर
भदौ २३, २०७९ बिहिबार ८:५४, काठमाडौँ

भियतनामको दक्षिणी सहर थुआनको केराओको बारमा लागेको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ। अन्य धेरै मानिसहरु पनि आगलागीमा परी घाइते भएका छन्। 

भियतनामको सरकारी मिडियाका अनुसार मंगलबार राति केराओके परिसरको दोस्रो तलामा आगलागी र त्यसबाट निस्किएको धुवाँमा धेरै ग्राहक कर्मचारी फसेका थिए। त्यहाँबाट निस्किने आतपकालीन द्वार पनि बन्द भएको थियो। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार दोस्रो तलाबाट सुरु भएको आगो तत्कालै तेस्रो तलामा पुगेको थियो, जहाँ सजिलै बल्ने कुराहरु थिए।

आगलागीमा परी मृत्यु हुनेमा १७ पुरुष र १५ महिला छन्। आगलागीको समयमा बारभन्दा बाहिर पनि ६० जना मानिसहरु थिए। 
प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .