ad ad

ग्लोबल


चीनसँगको तनावका बीच ताइवाननजिकै पुगे दुई अमेरिकी जहाज

चीनसँगको तनावका बीच ताइवाननजिकै पुगे दुई अमेरिकी जहाज

नेपालखबर
भदौ १२, २०७९ आइतबार १३:३८, काठमाडौँ

अमेरिकी जलसेनाले आफ्ना दुई जंगी जहाज ताइवाननजिकै पुगेको बताएको छ।

अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि पहिलोपटक अमेरिकाले यस्तो अपरेसन सुरु गरेको हो।

पेलोसीले अगष्टको सुरुमा ताइवानको भ्रमण गरेकी थिइन्। उनको भ्रमणमा चीनले कडा आपत्ति जनाएको थियो।

यद्यपि ताइवाननजिकै पश्चिमा मुलुकको जलसेनाको सैन्य अभ्यास कुनै नयाँ कुरा भने होइन। यसअघि पनि धेरै मुलुकले यो क्षेत्रमा यस्तो अपरेसन गरिसकेका छन्। 

चीनले भने यसमा कडा आपत्ति प्रकट गरेको छ। चीनले अमेरिकी जलसेनाको कदम भड्काउने किसिमको रहेको उल्लेख गरेको छ।

साथै उसले ताइवान आफ्नो अभिन्न हिस्सा रहेको बताएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .