ad ad

ग्लोबल


पाकिस्तानमा बाढीबाट एक हजारभन्दा धेरैको मृत्यु

पाकिस्तानमा बाढीबाट एक हजारभन्दा धेरैको मृत्यु

नेपालखबर
भदौ १२, २०७९ आइतबार ९:३६, काठमाडौँ

पाकिस्तानको आधाभन्दा धेरै भाग अहिले बाढीको चपेटामा परेको छ।

पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार बाढीको कारण अहिलेसम्म तीन सय बालबालिकासहित एक हजारभन्दा धेरैको मृत्यु भएको छ।

सरकारी तथ्यांक उल्लेख गर्दै डान अखबारले तीन करोड ३० लाखभन्दा धेरै मानिस बाढीको कारण प्रभावित भएको उल्लेख गरेको छ। 

सिन्ध, बलुचिस्तान र खैबर पख्तुनख्वाहमा बाढीको असर सबैभन्दा धेरै देखिएको छ। अहिलेसम्म सिन्धमा सबैभन्दा धेरै ३३९ जनाको मृत्यु भएको छ। 

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले बाढी प्रभावित सिन्धको भ्रमण गरेका छन् र त्यहाँका मानिसहरुको सहयोगका लागि ३८ अर्ब पाकिस्तानी रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

सेना प्रमुख जनरल कमर जावेद बाजवाले बलुचिस्तानको भ्रमण गरेका छन्। 

प्रधानमन्त्री शरिफले बाढीको कारण उत्पन्न परिस्थितिको विषयमा छलफलका लागि सोमबार सर्वदलीय बैठक बोलाएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .