ad ad

बागमती


त्रिशूली नदीकिनारमा ट्रक खस्दा भयो आगलागी

त्रिशूली नदीकिनारमा ट्रक खस्दा भयो आगलागी

दुर्घटना भएको ट्रक। तस्बिर : रासस


नेपालखबर
भदौ १२, २०७९ आइतबार ९:९, मलेखु

विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउदै गरेको ना५ख ५९५५ नंको ट्रक आज बिहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ। 

सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा  ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो।

इलाका प्रहरी कार्यालय (गजुरी) का प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोलीसहित स्थानीयले तत्काल आगो नियन्त्रणमा लिएका थिए।

प्रनाउ रिमाललले भने, ‘प्रहरी र स्थानीयको संयुक्त प्रयासमा समयमै आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगियो।’ 
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .