अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले चीनलाई ताइवानविरुद्ध दबाब बढाउन अनुमति नदिने बताएकी छन्।
न्यान्सी पेलोसीले हालै ताइवानको भ्रमण गरेकी थिइन्, जसको विरोधमा चीनले ताइवाननजिकै सैन्य अभ्यास गरेको थियो। न्यान्सी पेलोसीको यो बयान चीनको सैन्य अभ्यास सकिएपछि आएको हो।
न्यान्सी पेलोसीले आफूले ताइवान भ्रमण गर्नुको उद्देश्य त्यहाँको लोकतन्त्रलाई समर्थन गर्न र ताइवान एक्लो छैन भनेर देखाउन भएको बताएकी छन्।
न्यान्सी पेलोसीको ताइवान भ्रमण टोलीमा सहभागी ग्रेगरी मिक्सले बीबीसीसँग भनेकी छन्, ‘पेलोसीलाई ताइवान भ्रमणप्रति कुनै पछुतो छैन र अमेरिका आफ्ना मित्रहरूसँग उभिएको देखाउन आवश्यक छ।’
याे पनि :
चीनको युद्धभ्यासपछि तोप पड्काएर ताइवानले थाल्यो जवाफी सैन्य अभ्यास
117
Shares

प्रतिक्रिया