अमेरिकी राष्ट्रपति जो बाइडेन पुनः कोभिड–१९ बाट संक्रमित भएका छन्।
उनका डाक्टरले यसलाई ‘रिबाउन्ड इन्फेक्सन’ भएको उल्लेख गरेका छन्। जुलाई २१ मा बाइडेनलाई कोरोना संक्रमण देखिएको थियो। कोरोना संक्रमणको सामान्य लक्षण देखिएपछि बाइडेनको कोरोना परीक्षण गरिएको थियो।
यद्यपि मंगलबारदेखि शुक्रबारको बीचमा गरिएको चार परीक्षणमा कोरोना नेगेटिभ देखिएको थियो।
शनिबार बाइडेनले आफूलाई कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको बताएका थिए।
यद्यपि आफू निकटका मानिसलाई उनले आइसोलेसनमा बस्न आग्रह गरेका थिए।
बाइडेनका डाक्टर केभिन ओ कोनोरले पुनः उपचार सुरु गर्नुपर्ने अवस्था नरहेको बताए।
यद्यपि उनलाई निगरानीमा भने राखिने उनको भनाइ छ।
54
Shares
प्रतिक्रिया