कोशी


खोटाङका सीडीओ भन्छन्– क्षतिको खबर छैन, बिजुली र टेलिफोन चलिरहेको छ

खोटाङका सीडीओ भन्छन्– क्षतिको खबर छैन, बिजुली र टेलिफोन चलिरहेको छ

नेपालखबर
साउन १५, २०७९ आइतबार ९:३५, काठमाडौँ

आइतबार बिहान ६ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान  केन्द्रका अनुसार खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो। 

खोटाङको सदरमुकाम दिक्तेलबाट पूर्वी भागमा पर्ने मात्तिबिर्ता भन्ने ठाउँमा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण आसपासका स्थानीय घरबाहिर निस्किएका थिए। 

अहिले त्यहाँको अवस्था सामान्य छ।

खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंका अनुसार अहिलेसम्म कुनै क्षतिको खबर आएको छैन।

‘अहिले क्षतिको खबर केही आएको छैन,’ सेडाईंले नेपालखबरसँग भने, ‘बिजुली, टेलिफोनलगायत सबै चलिरहेका छन्।’

विपद् व्यवस्थापनका निकायहरु नेपाली सेना, नेपाल प्रहरी, रेडक्रस सोसाइटीलगायत सतर्क अवस्थामा रहेको उनले जानकारी गराए। 

‘हामी विपद् व्यवस्थापनमा काम गर्ने निकायहरु सबै सतर्क अवस्थामा छौं,’ उनले भने। 

८ बजेर १३ मिनेटमा ६ रेक्टरको भूकम्प र त्यसको केही बेरपछि पुनः परकम्प गएको महसुस गरिएको प्रजिअ सेडाईंले बताए।

१२ वैशाख ०७२ मा आएको महाभूकम्पपछि त्यसका परकम्पन निकै समयसम्म आएको थियो। त्यतिबेला गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो मात्रामा धनजनको क्षति भएको थियो। 

यसअघि ३१ भदौ ०७७ मा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलकै भूकम्प गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .