ad ad

ग्लोबल


अमेरिकाको जलसेना आधारस्थलमा गोलि चल्याे, ४ को मृत्यु

अमेरिकाको जलसेना आधारस्थलमा गोलि चल्याे, ४ को मृत्यु

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार १७:१६,

अमेरिकाको फ्लोरिडा राज्यस्थित पेन्सकाेलामा रहेको जलसेनाको आधारस्थल (नेवल बेस) मा गोलि चल्दा एकजना शंकास्पद व्यक्तिसहित चारजनाको मृत्यु भएको छ।

एबिसी न्यूजका अनुसार सबेरै सो घट्ना भएको र त्यहाँको स्थानीय समयअनुसार बिहान ६ः५१ मा त्यहाँको एफबिआई र एटिएफ लगायतका सुरक्षा निकाय परिचालित भएको जनाएको छ।

सो आधारस्थलमा एउटा कक्षाकोठा रहेको भवनमा गोलीप्रहार भएको अधिकारीहरुले बताएका छन्।

सुरक्षाकर्मी घट्नास्थलमा पुगेर दोहोरो गोली प्रहारपछि एक शंकास्पद् व्यक्तिलाई घाइते बनाइएको जनाइएको छ। आक्रमणकारी सहित तीन व्यक्तिलाई तत्काल मृत्यु घोषणा गरिएको पुलिसले जनाएको छ।

गोली प्रहारमा आठजना घाइते भएको र तत्काल बाप्टिस्ट हस्पिटलमा लगिएको एबिसी न्यूजले जनाएको छ। एकजना घाइतेको अस्पताल पुर्याएपछि मृत घोषणा गरिएको थियो।

घाइतेमध्ये दुई जना अधिकारीहरु पनि छन्। घाइते र आक्रमणकारीहरुको नाम सार्वजनिक गरिएको छैन।

आक्रमणपछि सो जलसेनाको आधारस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको सो समाचारमा जनाइएको छ।

पेन्सकोला आधारस्थलमा १६,००० सैन्य र ७,४०० सिभिल कर्मचारी रहेको उसको वेवसाइटमा उल्लेख छ। त्यहाँ नेवल एभियसन स्कूल कमान्ड, नेवल एयर टेक्निकल ट्रेनिङ सपोर्ट ग्रुप २१ र २३ र नेवल एजुकेसन ट्रेनिङ कमान्ड आदि रहेका छन्।

जलसेनाको आधारस्थलमा यस्तो आक्रमण यो दोस्रोपटक भएको समाचारमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .