ग्लोबल


चीनसँगको सीमामा सडक बनाउन भारतले खर्चियो १ खर्ब ५४ अर्ब

चीनसँगको सीमामा सडक बनाउन भारतले खर्चियो १ खर्ब ५४ अर्ब

नेपालखबर
साउन १०, २०७९ मंगलबार ८:५१, काठमाडौँ

भारतले चीनसँगको सीमामा सडक निर्माणको लागि पछिल्लो पाँच वर्षमा १ खर्ब ५४ अर्ब भारतीय रुपैयाँभन्दा धेरै रकम खर्च गरेको छ।

सोमबार भारतका रक्षामन्त्री अजय भट्टले सोमबार राज्यसभामा पछिल्लो पाँच वर्षमा छिमेकी मुलुकको सीमामा सडक निर्माणको लागि गरिएको खर्चको विवरण सार्वजनिक गरेका हुन्। 

उनले दिएको तथ्यांकअनुसार भारतले सबैभन्दा धेरै रकम चीनसँगको सीमा जोडिएका क्षेत्रमा सडक निर्माणको लागि खर्च गरेको छ। चीनसँगको सीमाक्षेत्रमा दुई हजार ८८ किलोमिटर लामो सडक निर्माण भएको छ। 

भारतले पाकिस्तानसँगको सीमा क्षेत्रमा पनि पछिल्लो पाँच वर्षमा एक हजार ३३६ दशमलव ०९ किलोमिटर लामो सडक निर्माणको लागि ४२ अर्ब ४२ करोड भारु खर्च गरेको छ। 

भारत–म्यानमार सीमामा १५१ किलोमिटर सडकको लागि ८ अर्ब ८२ करोड रकम खर्च हुँदा भारत–बंगलादेश सीमाक्षेत्रमा १९ किलोमिटर सडकका लागि एक अर्ब ६५ करोड भारु खर्च भएको भारतीय रक्षा मन्त्रालयले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad