ad ad

ग्लोबल


म्यानमारका चार प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड

म्यानमारका चार प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड

नेपालखबर
साउन ९, २०७९ सोमबार १०:१०, काठमाडौँ

म्यानमारको सेनाले प्रजातन्त्र पक्षधर चार नेतालाई मृत्युदण्ड दिएको छ।

आतंकवादी गतिविधि गरेको आरोपमा उनीहरुलाई मृत्युदण्ड दिइएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन्। पछिल्लो एक दशकभन्दा लामो समयमा पहिलोपटक म्यानमारमा मृत्युदण्ड दिइएको हो। 

गत जनवरी महिनामा उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको थियो।

गत वर्ष म्यानमारको सेनाले सत्ता हातमा लिएसँगै प्रजातन्त्रवादी नेताहरुमाथि दमन गर्दै आएको छ। जनवरीमा चारजनालाई मृत्युदण्ड दिने फैसलाको अन्तर्राष्ट्रिय समुदायले आलोचना गर्दै आएका छन्। 

यस विषयमा म्यानमारको सेनाले भने आधिकारिकरुपमा कुनै जानकारी दिएको छैन।

यसअघि म्यानमारको सेनाले उनीहरुको कारण धेरै निर्दोष मानिसले ज्यान गुमाउनुपरेकाले उनीहरुलाई मृत्युदण्ड दिनु जरुरी रहेको भन्दै फैसलाको बचाउ गर्दै आएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .