श्रीलंकाका गोताबाय राजपाक्षले राजीनामा दिएपछि बुधबार सांसदहरूले नयाँ राष्ट्रपति चयन गर्दै छन्।
कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, दलास अलापेरुमा र वामपन्थी नेसनल पिपुल्स पावर पार्टीका अनुरा कुमारा दिसानायके राष्ट्रपतिका लागि त्रिपक्षीय प्रतिस्पर्धामा छन्।
सत्तारुढ दल एसएलपीपीले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई उम्मेदवार बनाएको छ। उनलाई दौडमा अग्रपंक्तिको रूपमा हेरिएको छ।
श्रीलंकामा प्रदर्शन बढेसँगै राष्ट्रपतिको रुपमा राजपाक्षले राजीनामा दिए पनि उनले भने प्रधानमन्त्री पद त्याग्न मानेका थिएनन्। प्रदर्शनकारीले भने विक्रमासिङ्घेलाई राष्ट्रपतिको रुपमा हेर्न चाहँदैनन्।
विक्रमासिङ्घेलाई कडा टक्कर दिनेमा सत्तारुढ दलका असन्तुष्ट सांसद दलास अलापेरुमाको नाम पनि परेको छ, जसलाई प्रतिपक्षले पनि समर्थन गरेको छ।
नयाँ राष्ट्रपतिको कार्यकाल नोभेम्बर २०२४ मा समाप्त हुनेछ। यो राजपाक्षको बाँकी कार्यकाल हो।
मतदानमा कुल २२५ सांसदले भाग लिनेछन्। राष्ट्रपतिमा निर्वाचित हुन आधाभन्दा धेरै मत पाउनुपर्ने हुन्छ।
Shares
प्रतिक्रिया