गण्डकी


लगातार वर्षाले डुम्रे–बेँसीसहर सडक फेरि बन्द

लगातार वर्षाले डुम्रे–बेँसीसहर सडक फेरि बन्द

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०७९ बुधबार ८:५०, लमजुङ

गएरातिदेखि निरन्तर वर्षाका कारण आएको बाढी–पहिराले डुम्रे–बेँसीसहर सडकखण्ड बन्द भएको छ। उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक बन्द भएको हो।

रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने उक्त खण्डको रिठ्ठेबगरमा लेदोसहितको पहिराले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए। 

उनले भने, ‘अवरुद्ध सडक मङ्गलबार बिहानदेखि सञ्चालनमा आएको थियो, तर वर्षा भइरहँदा गएरातिदेखि पुनः लेदो खसेर सडक अवरुद्ध भएको छ।’

आकस्मिक कामका लागि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायत स्थानमा जान लागेका यात्रु सडक बन्दले मारमा परेका छन्।

गएरातिदेखि हालसम्म पानी निरन्तर परिरहेको छ। लेदोसमेत बगिरहेको छ। पानी परिरहेकाले सडक बनाउन कठिनाइ भइरहेको डुम्रे–बेँसीसहर–चामे योजना सडक कार्यालय लमजुङले जनाएको छ। यस सडकको दूरी ४२ किलोमिटर छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad