ग्लोबल


चीनलाई टक्कर दिँदै अमेरिकाले गर्‍यो हाइपरसोनिक मिसाइल परीक्षण

चीनलाई टक्कर दिँदै अमेरिकाले गर्‍यो हाइपरसोनिक मिसाइल परीक्षण

नेपालखबर
असार ३०, २०७९ बिहिबार ७:५३, काठमाडौँ

अमेरिकाले हालै दुईवटा हाइपरसोनिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको छ। पछिल्लो समय रुस र चीनबाट सफल हाइपरसोनिक हतियार परीक्षण भइरहेको अवस्थामा अमेरिकाले पनि आफ्नो हाइपरसोनिक मिसाइल परीक्षण गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बुधबार जानकारी दिएको छ। 

अमेरिकी वायुसेनाले मंगलबार क्यालिफोर्नियाको तटमा आफ्नो एयर र्‍यापिड रेस्पोन्स वेपन (एआरआरडब्ल्यू) बूस्टरको सफल परीक्षण गरेको पुष्टि गरेको छ। एक विज्ञप्ति जारी गर्दै अमेरिकी रक्षा मन्त्रालयले दोस्रो सफल परीक्षणले लकहिड मार्टिन कर्प हाइपारसोनिक मिसाइलको गन्तव्यमा उच्च गतिमा पुग्ने र महत्वपूर्ण विवरण संकलन गर्नुका साथै विमानबाट छुट्टिने क्षमताको पनि प्रदर्शन भएको बताएको छ। 

अमेरिकी वायुसेनाका ब्रिगेडियर जनरल हेथ कोलिन्सले भने, “हामीले अब हाम्रो बूस्टर परीक्षण श्रृंखला पूरा गरिसकेका छौं र यस वर्षको अन्त्यमा अल–अप–राउन्ड परीक्षणमा अगाडि बढ्न तयार छौं।”

“अल–अप–राउन्ड” मा बूस्टर र वारहेड समावेश हुनेछन्।

हाइपरसोनिक हतियारको गति माथिल्लो वायुमण्डलमा ध्वनिको गतिभन्दा पाँच गुणा बढी अर्थात् ६,२०० किमी÷घण्टा (३,८५३ माइल प्रतिघण्टा) हुन्छ। 

अहिले गरिएको दुईवटा सफल परीक्षणले अमेरिकाले हाइपरसोनिक हतियार विकासमा महत्वपूर्ण सफलता हात पारेको देखाएको छ। पछिल्लो समय भएका असफल परीक्षण, बढ्दो लागतको प्रश्न र चिन्ता को कारण अमेरिका हाइपरसोनिक हतियार निर्माणमा रुस र चीनभन्दा पछि परेको थियो। 

यसअघि गत जुन २९ मा  अमेरिकाको फरक किसिमको हाइपरसोनिक हतियार परीक्षण असफल भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad