ग्लोबल


जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हानियो

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हानियो

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे


नेपालखबर
असार २४, २०७९ शुक्रबार ९:०, काठमाडौँ

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हानिएको छ। 

जापानको सार्वजनिक प्रसारक एनएचकेको रिपोर्टअनुसार नारा सहरमा एक कार्यक्रममा भाषण गरिरहेका बेला उनलाई गोली हानिएको हो। 

घटनास्थलमा एनएचके रिपोर्टरले गोली चलेको सुनेको र शिन्जो आबे रगतले लतपतिएको देखेको बताएका छन्। 

गोली कसले र किन चलायो भन्ने पनि खुल्न सकेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

को हुन् शिन्जो आबे?
६७ वर्षीय शिन्जो आबे लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) पार्टीका नेता हुन्। आबे सन् २००६–०७ मा जापानका प्रधानमन्त्री थिए। आबेलाई आक्रामक नेता मानिन्छ। शिन्जोलाई अल्सरेटिभ कोलाइटिस, आन्द्राको रोग थियो जसले उनलाई २००७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य तुल्यायो। शिन्जो आबे लगातार २८०३ दिन (७ वर्ष ६ महिना) प्रधानमन्त्री थिए। यसअघि यो कीर्तिमान उनकै काका इसाकु साइतोको नाममा थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .