सिड्नीको ग्रानभिलेमा सन्तोष गौतम नाम गरेका युवकमाथि उनकै श्रीमतीले छुरा प्रहार गरेको आशंका गरिएको छ।
यतिबेला ३४ वर्षीया निमा गौतमलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको सिड्नी मर्निङ हेराल्डले उल्लेख गरेको छ।
यू साउथ वेल्स प्रहरीका अनुसार घरायसी विवाद हुँदा घटना भएको देखिएको छ। प्रहरीले जारी गरेको सूचना अनुसार घटना शनिबार राति साढे सात बजे भएको थियो।
प्रहरीले श्रीमान श्रीमती दुवैलाई घाइते भेटेका थिए। घटनामा गम्भीर रहेका सन्तोषको वेस्टमिड अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।
सामान्य घाइते भएकी निमालाई उपचारपछि प्रहरीले घरेलु हिंसा अन्तर्गतको हत्या आरोपमा पक्राउ गरेको उल्लेख गरिएको छ।
सिड्नी मर्निङ हेराल्डका अनुसार उनको जमानत अस्वीकार भएको छ। उनलाई आइतबार नै स्थानीय पारामाटा अदालतमा प्रस्तुत गरिने जनाइएको छ।
प्रतिक्रिया