आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा निरन्तर महँगठी पनि बढिरहेको छ।
श्रीलंकाको तथ्यांक कार्यालयका अनुसार गत डिसेम्बमा महिनामा उपभोक्ता मूल्य सूचकमा उल्लेख्य वृद्धि भएको देखिएको छ। डिसेम्बरमा मुद्रास्फीतिदर ११. प्रतिशतबाट बढेर १४ प्रतिशतमा पुगेको छ।
सन् २०१४ मा यो सूचकांक सार्वजनिक गरिँदै आएको छ। त्यसयता पहिलोपटक लगातार दोस्रो महिना मुद्रस्फीतिदर दुई अंकभन्दा माथि देखिएको हो।
गत नोभेम्बरमा पहिलोपटक श्रीलंकाको मुद्रस्फीतिदर दुई अंकमा देखिएको थियो। डिसेम्बर महिनामा अघिल्लो वर्षको तुलनामा खाद्यान्नको भाउमा २१.५ प्रतिशतको वृद्धि देखिएको छ। त्यस्तै खानपानको वस्तुहरुको भाउमा ७.६ प्रतिशतको वृद्धि देखिएको थियो।
२०२० मा कोरोना महामारीको सुरुवातदेखि नै श्रीलंकाको सरकारले वैदेशिक मुद्रा सञ्चिति कम हुँदै गएसँगै आयातमा धेरै किसिमको प्रतिबन्ध लगाएको छ। त्यसैले श्रीलंकामा खाद्यान्नको भाउ आकाशिएको हो।
वैदेशिक मुद्रा सञ्चितिमा देखिएको समस्या समाधानको लाथि श्रीलंकाले भारतसँग पनि ऋण लिने निर्णय गरेको थियो।
Shares

प्रतिक्रिया