प्रशान्त महासागरमा भएको ज्वालामुखी विस्फोटको असरले जापानका विभिन्न क्षेत्रमा सुनामीको खतरा बढेको छ।
प्रशान्त महासागरमा भएको ज्वालामुखीको कारण जापानको होकाइदोदेखि ओकिनवासम्म सुनामी आउने अनुमानसहितको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्रशारण गरिरहेका छन्।
जापानको होकाइदो, आओमोरी, मियागी, फुकुसिमा, इवाराकी, चिबाको कुजुकुरी र उचिबोमा सुनामीको खतरा बढेको हो। त्यसैगरी मेइ प्रिफेक्चरको दक्षिणी क्षेत्र, पूर्वी खागोसिमालगायतका क्षेत्रमा सुनामी आउन सक्ने भन्दै नागरिकहरुलाई सुरक्षित रहन स्थानीय अधिकारीहरुले आग्रह गरेका छन्।
जापानको आन्तरिक मामिला तथा संचार मन्त्रालयको अग्नि विभागले दिएको जानकारीअनुसार आओमोरी, इवाते, मियागी, चिवा, तोकुसिमा, कोची, मियाजाकी र खागोसिमा प्रिफेक्चर क्षेत्र सबैभन्दा बढी जोखिममा छन् ।
सुनामीको उच्च जोखिममा रहेका ८ प्रिफेक्चरको ५५ नगरपालिकाहरुबाट हालसम्म १ लाख ८ हजार ६६७ घरधुरीका २ लाख २९ हजार २३९ जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ।
Shares

प्रतिक्रिया