राजनीति


विकासका कामको अनुगमन गर्न सत्तारुढ दलले संखुवासभामा गठन गरे संयन्त्र

विकासका कामको अनुगमन गर्न सत्तारुढ दलले संखुवासभामा गठन गरे संयन्त्र

नेपालखबर
माघ २, २०७८ आइतबार ८:२१, काठमाडौँ

विकास निर्माणका कामको अनुगमन गर्न सत्तारुढ गठबन्धनले संखुवासभामा चार दलिय संयन्त्र गठन गरेका छन्।

नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काको संयोजकत्वमा जिल्लास्तरीय संयन्त्र गठन गरिएको हो। 

संयन्त्रमा माओवादी केन्द्रका जिल्ला अध्यक्ष कृष्ण जिमी, एकीकृत समाजवादीका जिल्ला संयोजक हेमराज घिमिरे र जनता समाजवादीका अध्यक्ष कवानसेन राई सदस्य छन्। 

संयन्त्रको पहिलो बैठकले अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावितहरूको समस्या समाधानका लागि विशेष पहल गर्ने निर्णय गरेको छ। 

त्यसैगरी जिल्लामा निर्माण भइरहेका आयोजनाहरूको सूक्ष्म अध्ययन तथा निगरानी राख्ने निर्णयसमेत संयन्त्रले गरेको छ। 

विकास निर्माणका काममा हुने अनियमितता र भ्रष्टचारको विरुद्धमा अभियान सञ्चालन गर्ने, सुशासन कायम गर्न आवश्यक पहल गर्ने निर्णय पनि बैठकले गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad