ग्लोबल


आगामी साता होला त बाइडेन–चिनफिङ बैठक?

आगामी साता होला त बाइडेन–चिनफिङ बैठक?

नेपालखबर
कात्तिक २४, २०७८ बुधबार ९:१९, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच आगामी साता बैठक हुने संकेत देखिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार निकटस्थ स्रोतले उनीहरुबीचको बैठकको मिति तय भएको बताएको हो। यो बैठक भर्चुअलरुपमा हुनेछ।

यद्यपि वासिङटनस्थित चिनियाँ दूतावासका प्रवक्ताले भने  बाइडेन र चिनफिङबीचको बैठकको मिति पुष्टि गर्न अस्वीकार गरेका छन्। 

बाइडेन प्रशासनको सुरुवाती चरणमा चीनसँग भएको कूटनीतिक वार्ता त्यति सफल हुन सकेको छैन। साथै विना कुनै मध्यस्थता दुई नेताबीच हुने वार्ताले दुई मुलुकबीचको तनावलाई कम गर्न सक्ने विश्वास अधिकारीहरुले व्यक्त गर्दै आएका छन्। 

यसअघि अमेरिकी अधिकारीले यस वर्षको अन्तिमसम्ममा दुई नेताबीच भेटवार्ता हुन सक्ने बताएका थिए। उनीहरुबीचको बैठकलाई कूटनीतिक हिसाबमा पनि निकै महत्वपूर्ण मानिएको छ।

कोरोना महामारीको विषयलाई लिएर चीन र अमेरिकाले एकअर्कालाई आरोप लगाउँदै आएका छन्। त्यस्तै परमाणु हतियारको मुद्दामा पनि यी मुलुक दुई फरक ध्रुवमा छन्। 

चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले अमेरिकासँगको वार्ताको प्रस्तावलाई लचिलो बताए पनि उसको दोहोरो चालबाट चीन बच्नुपर्ने उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad