ad ad

ग्लोबल


अनिवार्य कोरोना खोपको विरोधमा न्युजिल्याण्डमा हजारौंको प्रदर्शन

अनिवार्य कोरोना खोपको विरोधमा न्युजिल्याण्डमा हजारौंको प्रदर्शन

नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार ११:२५, काठमाडौँ

न्युजिल्याण्डमा सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप अनिवार्य गरिएसँगै त्यसको विरोधमा हजारौंले प्रदर्शन गरेका छन्।

साथै उनीहरुले सरकारले कोभिड–१९ नियन्त्रणको लागि लगाएको लकडाउनको पनि विरोध गरेका छन्। 

न्युजिल्याण्डको संसद्को दुईओटाबाहेक सबै ढोका बन्द गरिएको छ। त्यस्तै सुरक्षा व्यवस्था चुस्त बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। मंगलबार मास्क नलगाएका हजारौं प्रदर्शनकारीले सरकारको नीतिविरुद्ध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीले स्वतन्त्रताको माग गरेका थिए। उनीहरुले न्युजिल्याण्डका मानिसहरु प्रयोगशालाको जनावर नभएको भन्दै उनीहरुको लागि प्रतिबन्धको नियम हटाउनुपर्ने बताएका थिए। 

न्युजिल्याण्डले सबैलाई कोरोना खोप अनिवार्य गर्ने निर्णय गरेको छ। न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले ९० प्रतिशत मानिसले कोरोना खोप लगाएपछि कोभिड–१९ नियन्त्रणको लागि लगाइएको प्रतिबन्ध हटाउने बताएकी छिन्। यो मापदण्ड अन्य मुलुकको तुलनामा धेरै हो।

न्युजिल्याण्डमा अहिलेसम्म ८ हजारभन्दा कम कोरोना संक्रमित फेला परेका छन् भने ३२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .