लेखक तथा उपन्यासकार लीलबहादुर क्षेत्रीलाई भारतका राष्ट्रपति रामनाथ कोबिन्दले पद्मश्री पुरस्कार दिएका छन्।
सोमबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा उनलाई राष्ट्रपति कोबिन्दले पुरस्कारबाट सम्मान गरेका हुन्।
क्षेत्रीका ‘बसाइँ’ र ‘ब्रम्हपुत्रका छेउछाउ’ लगायत उपन्यास चर्चित छन्।
सिक्किमका नेपालीभाषी खेलाडी तरुणदीप राई र अर्का नेपालीभाषी सुटिङ खेलाडी जितु राईले समेत पद्मश्री पुरस्कार पाएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
48
Shares
प्रतिक्रिया