अष्ट्रेलियाले सिंगापुरसँगको सीमा खोल्ने तयारी गरेको छ। कोभिड–१९ को संक्रमण नियन्त्रणको लागि भन्दै लामो समयदेखि अष्ट्रेलियाले आफ्नो सीमा बन्द गर्दै आएको छ।
कोभिड–१९ को महामारी सुरु भएयता अष्ट्रेलियाले न्युजिल्याण्डबाट आउने पर्यटकलाई मात्र मुलुकमा प्रवेशको अनुमति दिएको छ।
सिंगापुरसँगको सीमा खोल्ने बारे आगामी साता विस्तृत योजना सार्वजनिक गर्ने अष्ट्रेलियाको तयारी छ।
अष्ट्रेलियाले यसअघि नै आगामी महिनाबाट अन्तर्राष्ट्रिय सीमा खोल्ने बताएको थियो। त्यसैको सुरुवातमा सिंगापुरसँगको सीमा खोल्ने तयारी गरिएको हो।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले सिंगापुरका अधिकारीहरुसँगको वार्तापछि सीमा खोल्ने तयारी गरिएको बताएका छन्।
सिंगापुर र अष्ट्रेलिया दुवैले आफ्ना अधिकांश मानिसलाई कोरोना खोप लगाइसकेका छन्।
यद्यपि अष्ट्रेलियाले सुरुवातमा पूरा डोज कोरोना खोप लगाएका, अष्ट्रेलियाको पीआर भएका र उनीहरुको परिवारलाई मात्र प्रवेशको अनुमति दिनेछ।
गत साता प्रधानमन्त्री मौरिसनले त्यसपछि यसअघि नै भिसा लगाइसकेका र पर्यटकलाई प्राथमिकतामा राखिने बताएका थिए। मुलुकबाहिर रहेका अष्ट्रेलियाली नागरिकले नोभेम्बर १ देखि विना कुनै अवरोध अष्ट्रेलिया प्रवेश गर्न पाउनेछन्।
Shares

प्रतिक्रिया