ग्लोबल


अमेरिकी सेनालाई चिनियाँ कमान्डरको जवाफः डराएका छैनौ भने आकासमै भेटौँ

अमेरिकी सेनालाई चिनियाँ कमान्डरको जवाफः डराएका छैनौ भने आकासमै भेटौँ

चिनियाँ जे-२० लडाकु विमान


नेपालखबर
असोज १३, २०७८ बुधबार २१:५१, काठमाडौँ

चिनियाँ सेनाका एक उच्च अधिकारीले अमेरिकी सेनालाई ‘आकासमा आएर भेट्न’ चुनौती दिएका छन्।

गत महिना अमेरिकी वायु सेनाका सेक्रेटरी फ्र्यांक केन्डलले ‘चीनलाई तर्साउन’ अमेरिका प्रविधिको क्षेत्रमा सधैँ अघि रहनुपर्ने बताएका थिए। चीनले अपेक्षा गरेभन्दा चाँडो सेनाको आधुनिकीकरण गरेको उनको भनाइ थियो।

त्यसको जवाफ दिँदै चिनियाँ वायु सेनाका उपकमान्डर वाङ वेईले बुधबार अमेरिकी सेनालाई यस्तो चुनौती दिएका हुन्।

‘भर्खरै एउटा मुख्य देशका मेरा समकक्षीले चीनलाई तर्साउने कुरा गरेछन्,’ चुहाई हवाई प्रदर्शनीमा भने, ‘चिनियाँ सेना आफ्नो मुलुकको राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न र अखण्डताको रक्षा गर्न सक्षम छ। म यति मात्रै भन्न सक्छु, यदि उनीहरु त्रसित् छैनन् भने आकासमै भेटौँ।’

हरेक दुई वर्षमा हुने चुहाई हवाई प्रदर्शनीमा चीनले आफ्नो शक्ति देखाउने गर्छ। गत वर्ष कोरोनाका कारण प्रदर्शनी एक वर्ष पछि धकेलिएको थियो।

यसपटक चीन आफैँले विकास गरेको इन्जिनद्वारा सञ्चालित जे–२० लडाकु विमान प्रदर्शनीको मुख्य आकर्षण बनेको छ। चीन भरपर्दो जेट इन्जिन बनाउन संघर्षरत छ। एससीएमपी


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad