कारोबार


केवल टेलिभिजन व्यवसायीको गुनासो : सरकारको नीतिका कारण व्यवसाय प्रभावित

केवल टेलिभिजन व्यवसायीको गुनासो : सरकारको नीतिका कारण व्यवसाय प्रभावित

तस्बिर- रासस


नेपालखबर
असोज १३, २०७८ बुधबार २१:५१, काठमाडौँ

केवल टेलिभिजन व्यवसायीहरुले आफ्ना मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन्। 

बुधबार सरकारको नीतिका कारण व्यवसायीहरुको व्यवसायमा परेको नकारात्मक प्रभावका विषयमा आयोजित केवल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेलामा व्यवसायीहरुले सरकारले आफ्ना मुद्दाहरूलाई सम्बोधन गर्नुपर्ने बताएका हुन्। 

व्यवसायीहरुले व्यवसायी मैत्री र उपभोक्ता मैत्री नीति ल्याउन जरुरी रहेको तर सरकारले सरोकारवाला निकायहरुसँग छलफल नै नगरी बिरोध आउने किसिमका नीति ल्याएको बताए।

उनीहरुले पोलसम्बन्धी भाडा बढाइएको कुराले अप्ठ्यारोमाथि अफ्ठ्यारो थपेको बताए। राज्यले ल्याएको नीतिअनुसार व्यवसायीहरुलाई काम नगर भनेर घाँटी थिच्ने काम मात्र सरकारले गरेको औँल्याएका छन्।

विद्युत प्राधिकरणको पोल प्रयोग नगरी घर–घरमा टेलिभिजन नपुग्ने भएकोले प्राधिकरणले पोलको भाडा बढाएर जनताको सूचनाको हक खोस्न लागेको भन्दै प्राधिकरणले तोकेको पोल भाडाको मूल्य व्यवसायीहरुले तिर्न नसक्ने र तार काटिएमा घर घरमा टेलिभिजन प्रशारण नहुने बताए।

कार्यक्रममा अन्य व्यवसायीहरुले कुलमान घिसिङ एउटा सफल र कुशल प्रशासक भए पनि उनमा दम्भ बढेको बताएका छन्। व्यवसायीले कुलमान घिसिङले आफ्नो दम्भका कारण केवल व्यवसायीहरुलाई मारमा पर्ने गरेर नीति ल्याएको बताए।

सरकारको नीतिबाट अधिकांश क्षेत्र नै पीडित रहेको भन्दै व्यवसायीहरुले सबैको हित हुनेगरी नीति निर्माण गर्न सुझाएका छन्।

विद्युत प्राधिकरणले पोलको भाडा ३५० प्रतिशत वृद्धि गरेपछि सरकारले सूचनाको हक खोस्न लागेको भन्दै केवल टेलिभिजन व्यवसायीहरुले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेर आन्दोलन गरिरहेका छन्।

केवल टेलिभिजन व्यवसायी महासंघको आयोजनामा देशभरबाट ४ सय भन्दा बढी व्यवसायीहरु उपस्थित भएका छन्। उनीहरुले सरकारको नीति र निर्णयका कारण आफ्नो व्यवसाय नै धराप हुन लागेको भन्दै आफूहरु बाध्य भएर राष्ट्रिय भेलामा सहभागी बनेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad