ad ad

ग्लोबल


चीन–अमेरिका सम्बन्ध नसुधारे शीतयुद्धको खतरा : यूएन

चीन–अमेरिका सम्बन्ध नसुधारे शीतयुद्धको खतरा : यूएन

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस


नेपालखबर
असोज ४, २०७८ सोमबार १४:२८, काठमाडौँ

संयुक्त राष्ट्र संघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले चीन र अमेरिकाले आफूहरूबीचको बिग्रिँदो सम्बन्ध सुधार नगर्ने हो भने शीतयुद्धको खतरा रहेको चेतावनी दिएका छन्।

यूएन महासचिव गुटेरेसले समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) लाई अन्तर्वार्ता दिँदै चीन र अमेरिकाबीचको तनाव फैलिनुभन्दा अगाडि रोक्न अति आवश्यक भएको बताए। 

यसै हप्ता विश्वका नेताहरू संयुक्त राष्ट्र संघको वार्षिक सभामा कोभिड, जलवायुसम्बन्धी जस्ता धेरैवटा विश्व समस्याबारे छलफल गर्दै छन्। ​​

यूएन महासचिव गुटेरेसले विश्वका दुई प्रमुख आर्थिक शक्तिले जलवायु परिवर्तनबाट उत्पन्न समस्या समाधानका लागि सहयोग गर्नुपर्ने बताएका छन्। उनले मानव अधिकार, अर्थव्यवस्था, अनलाइन सुरक्षा र दक्षिण चीन सागरजस्ता विवादास्पद मुद्दामा दुई देशबीच अझ बलियो संवाद हुन जरुरी रहेको बताए। 

गुटेरेसले भने, ‘तर दुर्भाग्य! यही बेला दुई देशबीच द्वन्द्व मात्रै देखिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .