ad ad

कारोबार


थापाथलीमा खुल्यो फ्रेन्च ब्रान्ड सिट्रोनको शोरुम, मूल्य १ करोड ३५ लाख

थापाथलीमा खुल्यो फ्रेन्च ब्रान्ड सिट्रोनको शोरुम, मूल्य १ करोड ३५ लाख

सिट्राेन गाडी । तस्बिर: विजय सिंह


नेपालखबर
असोज ४, २०७८ सोमबार १४:५, काठमाडौँ

काठमाडौंको थापाथलीमा फ्रेन्च गाडी सिट्रोनको शोरुम खुलेको छ। 

पुज्योट ब्रान्डको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले नै सिट्रोनको गाडी भित्र्याएको हो। 

सिट्रोनको गाडी पहिलो पटक नेपालमा आएको सांग्रिला मोटर्सले जनाएको छ। 

हाल कम्पनीले सी५ एयरक्रस गाडी नेपाल भित्र्याएको छ। सिट्रोन १०० वर्ष बढी पुरानो कम्पनी हो। 

सी५ मिडसाईज प्रिमियम एसयुभी गाडीमा १.६ लिटर पेट्रोल इन्जिन रहेको छ। ६ स्पिड अटोमेटिक गियरबक्स सी५मा १६५ हर्स पावर अर्थात् १२१ किलोवाट पावर र २४० एनएम टर्क जेनेरेट गर्छ। 

सांग्रिला मोटर्सले यसअघि नै सिट्रोन सी५ एयरक्रसको बुकिङ खुल्ला गरिसकेको थियो। सी ५को मूल्य १ करोड ३५ लाख रुपैयाँ तोकिएको जनाएको छ। 

कम्पनीले गत शनिबारबाट थापाथलीमा शोरुमको उद्घाटन गर्दै वितरण समेत सुरु गरेको छ। २ वटा गाडी विक्री गरिसकेको जनाएको छ। 

गाडीमा युनिक ग्रिप कन्ट्रोल सिस्टम, ब्लाइन्ड स्पोट मनिटरिङ सिस्टम, फुट अपरेट इलेक्ट्रिक ट्रायालगेट, १२.३ इन्च डिजिटल ड्राईभर डिस्प्ले, ८ इन्च इन्फोटेन्मेन्ट सिस्टम रहेको छ। 

१६ सय सिसीको गाडीमा ५३ लिटरको फिउल ट्यांक रहेको छ। गाडीको लम्बाइ ४५ सय, चौडाइ २ हजार ९९, उचाइ १६ सय ८९ रहेको छ। ग्राउन्ड किलियरेन्स २३० एमएम रहेको छ भने ७२० बुट स्पेस रहेको छ। 

भारतमा सी५ डिजेल इन्जिनमा उपलब्ध भए पनि नेपालमा पेट्रोल इन्जिनमा मात्रै उपलब्ध रहेको छ। साग्रिला मोटर्सले सी ५ को गाडी सिधै फ्रान्सबाटै आयात गरेको हो।

सिट्रोनको  भातरमा समेत प्लान्ट रहेको छ। कम्पनीले २०२२को सुरुवातमा भारतबाट सिट्रोन सी३ को गाडी ल्याउने योजना बनाएको छ। 

त्यस्तै सी ४ विद्युतीय गाडी २०२२ को मध्यमा फ्रान्सबाटै ल्याउने साग्रिला मोटर्सले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .