यसपटकको शासनमा महिलालाई अधिकार दिने आश्वासन दिएको तालिबानले विश्वको आँखामा धुलो फ्याँक्ने काम गरेको छ।
यसको अर्को प्रमाण बिहीबार प्रकाशमा आएको छ।
तालिबानले महिलाका लागि बनाइएको मन्त्रालयमा उनीहरूलाई नै प्रवेशमा रोक लगाएको हो।
अफगानिस्तानको राजधानी काबुलमा ‘महिला मामिला मन्त्रालय’ छ। तर त्यहाँ पुरुष कर्मचारीहरूलाई मात्र जान दिइएको हो।
महिलाकै मन्त्रालयमा महिला कर्मचारीलाई नै जान नदिइएको खुलासा रुसको न्युज एजेन्सी स्पुतनिकले गरेको हो।
एक रिपोर्टमा भनिएको छ– महिला मन्त्रालयमा बिहीबार चार जना महिला कर्मचारी जान खोजेका थिए। उनीहरूसँग परिचयपत्र थियो भने बुर्का लगाएका समेत थिए। तर पनि उनीहरूलाई भित्र जान दिइएन। यस मन्त्रालयमा पुरुष कर्मचारीलाई मात्र जान दिइयो।
यसपछि महिला कर्मचारी रिसाए र दुई महिलालो विरोध प्रदर्शनसमेत गरे। तर पछि उनीहरूलाई त्यहाँबाट दुव्र्यवहार गर्दै हटाइएको बताइएको छ।
Shares

प्रतिक्रिया