ad ad

ग्लोबल


अमेरिका, बेलायत र अस्ट्रेलियाको नयाँ सुरक्षा सम्झौताप्रति चीन आक्रोशित, भन्यो- ‘घटिया सोच’

अमेरिका, बेलायत र अस्ट्रेलियाको नयाँ सुरक्षा सम्झौताप्रति चीन आक्रोशित, भन्यो- ‘घटिया सोच’

चीनकाे विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियान


नेपालखबर
असोज १, २०७८ शुक्रबार ८:१४, काठमाडौँ

चीनले अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको ऐतिहासिक सुरक्षा सम्झौता ‘ओकस’लाई अत्यन्त गैरजिम्मेवारपूर्ण भन्दै आलोचना गरेको छ। यो सानो सोचको एउटा उदाहरण भएको आरोप चीनले लगाएको छ। 

चीनले अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको रक्षा सम्झौताको निन्दा गर्दै भनेको छ, ‘यसले शीत युद्धको मानसिकता प्रदर्शन गरेको छ।’

यसअघि बेलायत, अमेरिका र अस्ट्रेलियाले आपसमा एक विशेष सुरक्षा सम्झौता घोषणा गरेको थियो। यस सम्झौताअन्तर्गत अमेरिकाले अस्ट्रेलियाकालाई परमाणु पनडुब्बी प्रविधि पनि उपलब्ध गराउनेछ। 

जानकारहरूका अनुसार यो नयाँ सुरक्षा सम्झौता एसिया प्रशान्त क्षेत्रमा चीनको प्रभावविरुद्ध लड्न गएिको हो।

उक्त क्षेत्र वर्षाैंदेखि विवादको कारण बनेको छ। तनाव सिर्जना भएको छ। 

चीनकाे विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘यी कारणहरूले हतियार प्रसार रोक्ने अन्तर्राष्ट्रिय प्रयासमा धक्का लाग्नेछ।’

चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले पनि अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सम्झौताको विरोध गर्दै लेख प्रकाशन गरेको छ। लेखमा भनिएको छ, ‘यस सम्झौतासँगै अस्ट्रेलियाले आफूलाई चीनविरोधी बनाएको छ।’

५० वर्षपछि पहिलोपटक अमेरिकाले आफ्नो पनडुब्बी प्रविधि कुनै देशलाई दिइरहेको छ। यसअघि अमेरिकाले बेलायतलाई मात्र यो प्रविधि उपलब्ध गराएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .