ad ad

ग्लोबल


हैटी : राष्ट्रपतिको हत्यामा प्रधानमन्त्री संलग्न भएको आशंका, देशबाहिर जान लगाइयो प्रतिबन्ध

हैटी : राष्ट्रपतिको हत्यामा प्रधानमन्त्री संलग्न भएको आशंका, देशबाहिर जान लगाइयो प्रतिबन्ध

नेपालखबर
भदौ ३०, २०७८ बुधबार ८:३८, काठमाडौँ

हैटीका प्रधानमन्त्री एरियल हेनरीलाई देश छाड्न रोक लगाइएको छ। 

राष्ट्रपति जोभेनल मोइसको हत्यामा संलग्न आशंकामा अनुसन्धानका लागि उनलाई देशबारिह जान बन्देज लगाइएको हो।  

अभियोजक पक्षले हेनरीबारे अनुसन्धान गर्न माग गरेको छ। साथै प्रधानमन्त्री हेनरीले राष्ट्रपति मोइस हत्याका प्रमुख अभियुक्त जोसेफ फेलिक्स बेडियोसँगको सम्बन्ध स्पष्ट पार्नुपर्ने माग पनि गरिएको छ। ​

अभियोजक पक्षले राष्ट्रपति मोइसको हत्याको केही घण्टापछि उनीहरूबीच धेरैपटक फोनमा कुरा भएको रेकर्डले देखाएको दाबी गरेको छ। 

गत जुलाईमा केही आक्रमणकारीले उनको घरमै पसेर राष्ट्रपति जोभेनल मोइसको हत्या गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .