ग्लोबल


पन्जसिरमा ड्रोन हमला गरेको आरोप लागेपछि बोल्यो पाकिस्तानी सेना, के हो घटना?

पन्जसिरमा ड्रोन हमला गरेको आरोप लागेपछि बोल्यो पाकिस्तानी सेना, के हो घटना?

पाकिस्तान सेनाका प्रवक्ता  मेजर जनरल बाबर इफ्तिखार


नेपालखबर
भदौ २२, २०७८ मंगलबार १०:४६, काठमाडौँ

अफगानिस्तानको पन्जसिरमा जारी लडाइँमा तालिबानलाई सहयोग गरेको आरोप लागेपछि पाकिस्तानको सेनाले स्पष्टीकरण दिएको छ। 

पाकिस्तान सेनाका प्रवक्ता  मेजर जनरल बाबर इफ्तिखारले अफगानिस्तानमा भइरहेका गतिविधिसँग आफूहरूको कुनै ‘लिनुदिनु’ नरहेको भन्दै तालिबानलाई सहयोग गरेको आरोपको खण्डन गरेका हुन्। 

उनले भनेका छन्, ‘अफगानिस्तानभित्र जे भइरहेको छ, त्यससँग पाकिस्तानको कुनै सम्बन्ध छैन, चाहे पन्जसिरको कुरा होस् वा अन्य स्थानको।’

सामाजिक सञ्जालमा त पन्जसिर लडाइँमा पाकिस्तानले तालिबानलाई सहयोग गरिरहेको भन्ने सूचना आइरहको छ नि भन्ने प्रश्नमा पाकिस्तान सेनाका प्रवक्ता बाबरले उक्त जवाफ दिएका हुन्।  ​

के हो घटना? 
वास्तवमा सामाजिक सञ्जालमा धेरै मानिसले पन्जसिर युद्धमा पाकिस्तान पनि सामेल रहेको दाबी गरिरहेका छन्। 

तीमध्ये अफगानिस्तानका एक जना पत्रकार ताजुद्दिन सरुशले ट्विट गर्दै ‘आफूलाई पन्जसिरका गभर्नर कमालुद्दिन निजामीले पाकिस्तानले अफगानिस्तानको पन्जसिर उपत्यकामा ड्रोन हमला गरेको बताएका छन्’ भनेका थिए। 

तर पाकिस्तान सेना प्रवक्ताले यसलाई अफवाह भन्दै खण्डन गरेका हुन्। साथै उनले यो भारतले रचेको षड्यन्त्र भएको आरोप पनि लगाएका छन्। 

पाकिस्तानी सेनाका प्रवक्ता बाबरले भने, ‘यो पूर्ण रूपमा झुट कुरा हो र भारतको प्रोपोगन्डा हो।’

बीबीसीका अनुसार उनले यो पनि स्पष्टीकरण दिए, ‘पाकिस्तानसँग लामो दूरीसम्म प्रहार गर्न सक्ने ड्रोन प्रविधि छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .