ad ad

समाज


मनमैजुमा ट्राफिक प्रहरीको मृत्यु प्रकरण : १३ वर्षीय बालकसहित ७ जना पक्राउ

मनमैजुमा ट्राफिक प्रहरीको मृत्यु प्रकरण : १३ वर्षीय बालकसहित ७ जना पक्राउ

नेपालखबर
जेठ ६, २०८१ आइतबार १२:२६, काठमाडौँ

काठमाडौँको तारकेश्वर–९ स्थित मनमैजुमा मृत फेला परेका ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा प्रहरीले ७ जनालाई पक्राउ गरिएको छ। 

कामठमाडौँ महानगरपालिका–१६ स्थित अष्टनारायण हल पछाडि र २२ धाराको जंगलबाट भाग्न लागेको अवस्थामा हवाई फायर गरी पक्राउ गरिएको आइतबार प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

१३ वर्षीय बालकसहित अन्य ६ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए।

पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण–१ घर भएका २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएका १८ वर्षीय अञ्जली श्रेष्ठ, स्याङ्जा आँधिखोला गाउँपालिका–३ की २१ वर्षीय बिपना/बसन्ती भनिने बसुन्धारा कार्की, , स्याङ्जा आँधिखोला गाउँपालिका–३ कै ५६ वर्षीय नुनमाया कार्की, नुवाकोट तादी गाउँपालिका, ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१ का ३० वर्षीय अमृत तामाङ र उदयपुर घर भएका १३ वर्षीय बालक रहेको प्रहरीले जनाएको छ। 

प्रहरीले बालकको नाम खुलाएको छैन।

उनीहरू सबै बालाजु, जरंखु, मनमैजु लगायतका क्षेत्रमा सडकपेटीमा निर्माणाधिन घरहरूमा आश्रय बनाइ बस्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

घिमिरेको शव शुक्रबार तारकेश्वर नगरपालिका–९, मनमैजुमा भेटिएको थियो। 

गत बिहीबार ड्युटी सकेर कार्यालयबाट निस्किएका प्रहरी जवान घिमिरे त्यसयता कार्यालय फर्किएका थिएनन्।

शुक्रबार अपराह्न स्थानीयले खबर गरेपछि प्रहरीले घिमिरेको शव घटनास्थलबाट त्रिवि शिक्षण अस्पताल लगेको थियो। 

उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका घिमिरे सामाखुसीमा डेरा गरी बस्थे।

अनुसन्धानका क्रममा लुटपाट, महिलासँगको विवाद लगायतका कारणले हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .