कारोबार


ठमेलमा साढे २ अर्ब लगानीको ‘रमदा इन्कोर’ होटल सञ्चालन

ठमेलमा साढे २ अर्ब लगानीको ‘रमदा इन्कोर’ होटल सञ्चालन

नेपालखबर
साउन ३१, २०७८ आइतबार १५:३०, काठमाडौँ

काठमाडौं उपत्यकाको पर्यटकीय गन्तब्य ठमेलमा कोरोना कहरकाबीच दुई अर्ब ५० करोड लगानीमा चारतारे होटल सञ्चालनमा आएको छ । होटल अमेरिकाको रमदा इन्कोरको पहिलो नेपाली चेन होटल ठमेलमा सञ्चालनमा आएको हो।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना सङ्क्रमण बढिरहेको बेलामा डालिया इभेष्टमेन्ट कम्पनी र गैरआवासीय नेपाली संघको लगानीमा ‘रमदा इन्कोर बाई वाईनहेम काठमाडौ’ सञ्चालनमा आएको छ। 

मध्यम वर्गदेखि उच्च घरानियाँ वर्गलाई लक्षित गरी सञ्चालनमा आएको उक्त होटल विश्वमा नौ हजार २०० भन्दा बढी रहेका छन्। रमदा इन्कोरको भारतमा ५२ र चीनमा एक हजार ४०० भन्दा बढी चेन होटल छन्।

उक्त चारतारे होटल नेपाल भ्रमण वर्ष २०२० मै सञ्चालनमा ल्याउने गरी तयारी थालिए पनि कोरोनाका कारण एक वर्ष ढिला गरी सञ्चालनमा आएको हो। 

विश्वका ८० देशमा रमदा इन्कोर बाई वाईनहेमका तीनतारेदेखि पाँचतारे होटल सञ्चालनमा रहेका छन्। 

होटलका सञ्चालक एवं डालिया इभेष्टमेन्ट कम्पनीका अध्यक्ष गोपाल पंगेनीले भर्खरै सञ्चालनमा आएको रमदा होटल ठमेलमा अन्तर्राष्ट्रिय ब्रान्डको चेन होटल भएको बताए।

उनले अहिले ठमेलमा सञ्चालनमा आएको रमदा होटल चाँडै नै चितवनको सौराहामा सञ्चालन गर्ने जानकारी दिएका छन्। 

९० कोठा रहेको उक्त नौ तले होटलभित्र दुईवटा रेष्टुराँ, स्पा, स्वीमिङ पुल, जिम हल र दुईवटा कन्फरेन्स हल रहेका छन्। होटलको छतबाट काठमाडौँ उपत्यकाको रमणीय वातावरण देख्न सकिन्छ। 

होटलका महाप्रबन्धक महेश फुयाँलले रमदा होटलले दुईवटा रेष्टुराँमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आफ्नो रुचिअनुसारको खानेकुरा प्रदान गर्दै आएको बताए।

‘एउटा रेष्टुराँमार्फत स्पेनिस, अरविक, टर्किस, मोरक्कन र अर्काे रेष्टुराँमार्फत पानेशियन र इण्डियनलगायतका खाना प्रदान गरेका छौँ,’ फुयाँलले भने। 

रमदा होटलले क्याटरिङ र बैंकेट हल थप गरेर चाँडै नै पाँचतारे होटलमा जाने लक्ष्य राखिएको महाप्रबन्धक फुयाँलले बताए। 

नेपालमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएका तारे होटलको संख्या नेपालमा १४३ पुगेको छ।   पर्यटन विभागका अनुसार नेपालमा पाँचतारे १६, चारतारे १९, तीनतारे ३३, दुई तारे ४१ र एकतारे ३४ होटल सञ्चालनमा छन्। यस्तै पाँचतारे होटलस्तरका दुई बुटिकसमेत सञ्चालनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad