यौन दुर्व्यवहार आरोप झेलिरहेका अमेरिकाको न्यूयोर्क सहरका गभर्नर एन्ड्रयू क्युमले पदबाट राजीनामा दिएका छन्।
यौन दुर्व्यहार आरोपमा आलोचनाले घेरिका उनले मंगलबार राजीनामा दिएका हुन्। छानबिनका क्रममा उनले कयौँ महिलामाथि यौन दुर्व्यवबहार गरेको पुष्टि भएको थियो।
त्यसपछि उनलाई पदबाट हटाउने प्रयास सुरु भएको थियो। 'ममाथि लागेका आरोप छानबिनका लागि राजीनामा नै सबैभन्दा राम्रो तरिका थियो। मैले पदबाट हटिदिएर सरकारलाई पनि अनुसन्धानमा सहयोग पुग्ने भएकाले पद त्याग्दैछु', डेमोक्रेटिक उनले राजीनामा दिँदै भनेका छन्।
उनको राजीनामा अबको १४ दिनपछि कार्यान्वयनमा आउनेछ। उनले राजीनामा दिएपछि न्यूयोर्कका गभर्नरको अधिकार उप राज्यपाल क्याथी होचुललाई हस्तान्तरण गरिनेछ।
गम्भीर आरोप लागेपछि क्युमोमाथि केही दिनयता पद त्याग्न दबाब बढेको थियो। उनलाई राष्ट्रपति जो बाइडनले समेत राजीनामा दिएर अनुसन्धानमा सघाउन भनेका थिए।
Shares

प्रतिक्रिया