अर्थशास्त्री स्वर्णिम वाग्ले राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकार भएका छन्।
अमेरिकाको न्युयोर्कस्थित यूएनडीपी मुख्यालयमै बसेर काम गर्नेगरी वाग्लेलाई एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्ति दिइएको हो।
बूढानीलकण्ठ स्कुलमा प्रारम्भिक शिक्षा लिएका उनले लन्डन स्कुल अफ इकोनोमिक्स, हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका छन्। वाग्ले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्।
*शीर्षक सच्याइएको। –सम्पादक
603
Shares
प्रतिक्रिया