गण्डकी


बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

पुलको मर्मत गरेसँगै नागरिकलाई आउजाउ सहज भएको छ


नेपालखबर
असोज २५, २०८१ शुक्रबार २०:३५, गोरखा

गोरखामा बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल मर्मत गरेर सञ्चालनमा ल्याइएको छ। गोरखाको सहिद लखन गाउँपालिका-३, सिलिङटार र चितवनको इच्छाकामना गाउँपालिका-४, चरेस जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल झन्डै दुई सातापछि मर्मत गरेर सञ्चालनमा ल्याइएको हो।

सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरका अनुसार चाडबाडका बेला स्थानीयवासीलाई आउजाउमा समस्या भएपछि गाउँपालिकाले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मतका लागि आवश्यक सबै सामग्री खरिद गरेर मर्मत गरेको हो।

‘सस्पेन्सन ब्रिज डिभिजन काठमाडौँबाट आएको इन्जिनियरसहितको प्राविधिक टोलीले क्षतिग्रस्त पुल मर्मत गरेको हो,’ अध्यक्ष थापामगरले भने।

स्थानीय समुदाय समेतको सहयोगमा पुलको मर्मत गरेसँगै नागरिकलाई आउजाउ सहज भएको छ। ‘बाढीले पुलको लट्ठामा क्षति पुर्‍याएको थियो,’ अध्यक्ष थापामगरले भने, ‘टाइफर मेसिनको प्रयोग गरेर पुलको लट्ठा तानी पुलको छेउछाउमा जाली भरेर आवातजावत गर्न मिल्नेगरी सञ्चालन गरिएको छ।’

कुल १६१ मिटर लम्बाइ रहेको उक्त झोलुङ्गे पुललाई यही असोज ११ गते त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएको थियो। मर्मत गरिएको उक्त पुलमा मोटरसाइकल सञ्चालन नगर्न स्थानीयलाई सचेत गराइएको छ। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad