राजनीति


राहत र पुनर्व्यवस्थापनको काममा केन्द्रित हुन सरकारलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

राहत र पुनर्व्यवस्थापनको काममा केन्द्रित हुन सरकारलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

नेपालखबर
असोज २५, २०८१ शुक्रबार २०:५६, काठमाडौँ

पूर्वराष्ट्रपति विद्या भण्डारीले बाढी, पहिरो पीडितहरुलाई राहत दिने र पुनःव्यवस्थापनको काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएकी छन्।

सरकारले पीडितको उद्धार कार्य गरिराखेको उल्लेख गर्दै उनले अब उनीहरूलाई राहत दिने र पुनर्व्यवस्थापनको काममा लाग्नुपर्ने बताएकी हुन्। पूर्वराष्ट्रपति भण्डारीले गत असोज ११ र १२ गतेको वर्षालाई अत्याशित विपद्को रुपमा चित्रण गर्दै पीडितलाई सरकारले आवश्यकअनुसार सेवा प्रदान गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘जनताको लागि आफ्नो सबै भन्दा भरपर्दो अभिभावक भनेको राज्यले नै हो। राज्यमा विभिन्न ढंगले प्रतिनिधित्व भएको हुन्छ। एउटा त सरकार हुन्छ। स्थायी सरकारको रुपमा विभिन्न राज्यको अंगहरु छन्। उहाँहरुले आफ्नो तर्फबाट जनतालाई आवश्यकताअनुसारको सेवा प्रदान गर्नुपर्ने हुन्छ।’

बाढी र पहिरोबाट सबैभन्दा ठूलो बाटोमा अवरोध भएको उल्लेख गर्दै उनले त्यसलाई समयमानै सुचारु गर्नुपर्ने पनि बताइन्। राज्य जनताको अभिभावक भएकाले उनीहरूको पीडालाई सम्बोधन गर्नुपर्ने काममा लाग्नुपर्ने र त्यस काममा सरकार लागि रहेको पूर्वराष्ट्रपति भण्डारीको भनाई थियो।

उनले भनिन्, ‘अहिले सबैभन्दा ठूलो बाटोमा अवरोध भएको छ। बाटोलाई समयमानै सुचारु गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर धेरै यो प्रकोपमा पर्नुभएको छ। अब प्रकोपमा परेकाहरुको उद्धार कार्य त भइराखेको छ। अब उहाँहरुलाई राहत दिने र पुर्नव्यवस्थापनको काम हामीले गर्नुपर्ने हुन्छ।’

पूर्वराष्ट्रपति भण्डारीले प्राप्त जनादेशअनुसार राजनीतिक दलहरुले काम गर्नुपर्ने बताइन्। बेलाबेलामा हुने निर्वाचनमा दिएको म्यान्डेटको आधारमा सरकार बन्नुपर्ने र उसले त्यही जनमत अनुसार काम गर्नुपर्ने उनको भनाई थियो।

पूर्वराष्ट्रपति भण्डारीले जनप्रतिनिधिहरु र कर्मचारीहरुले देश र जनताको पक्षमा समर्पित भएर काम गर्नुपर्ने पनि बताइन्।

त्यस अवसरमा पूर्वराष्ट्रपति भण्डारीको सबै नेपालीहरुलाई बडा दसैँको शुभकामना पनि व्यक्त गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad