ad ad

गण्डकी


गण्डकीको बजेट : मनाङेको मन्त्रालयमा १२ अर्ब, फणिन्द्रकोमा ४ अर्ब

गण्डकीको बजेट : मनाङेको मन्त्रालयमा १२ अर्ब, फणिन्द्रकोमा ४ अर्ब

नेपालखबर
असार १, २०८१ शनिबार १७:४१, काठमाडौँ

गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयको लागि १२ अर्ब १७ करोड ६६ लाख तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालययको लागि ५ अर्ब १६ करोड ४७ लाख रुपैयाँ विनियोजन गरेको छ।

आर्थिक वर्ष २०८१/०८२ को बजेट मार्फत् आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले सो रकम विनियोजन गरेका हुन्।

यस्तै उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको लागि ४ अर्ब २ करोड ५३ लाख रुपैयाँ विनियोजन गरिएको छ।

गण्डकीमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको नेतृत्व फणिन्द्र देवकोटालाई  दिइएको छ भने भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दीपक मनाङेलाई दिइएको छ। 

उनलाई गत जेठ २९ गते मुख्यमन्त्री सुरेन्द्रकुमार पाण्डेले मन्त्री नियुक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .