लुम्बिनी प्रदेशले आफ्ना कर्मचारीलाई प्रदेश राजधानी रहेको दाङको देउखुरी जानकोलागि निशुल्क बस सेवा उपलब्ध गराउने भएको छ।
बजेट घोषणामार्फत सरकारले धेरै कर्मचारी भएको ठाउँमा निशुल्क बस सेवा सञ्चालन गर्ने भएको हो।
‘प्रत्येक शुक्रबार दिउँसो आफ्नो घर जाने र आइतबार देउखुरी फर्कनेगरी निशुल्क बस सेवा उपलब्ध गराउने भएको छ,’ प्रदेश आर्थिक मामिला मन्त्री नारायण प्रसाद आचार्यले भने।
21
Shares
प्रतिक्रिया