गण्डकी


‘माखेसाङ्लो’मा सांसद घेरिएको भिडिओ भाइरल, रास्वपा नेता भन्छन्ः पुरानाभन्दा फरक भएनौँ

‘माखेसाङ्लो’मा सांसद घेरिएको भिडिओ भाइरल, रास्वपा नेता भन्छन्ः पुरानाभन्दा फरक भएनौँ

नेपालखबर
फागुन २९, २०८२ शुक्रबार २०:५४, पोखरा

कास्की ३ बाट प्रतिनिधि सभाको लागि निर्वाचित निर्वाचित विना गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधित्व गर्ने गण्डकीकी एकमात्र महिला सांसद हुन्।

चुनावअघि रास्वपा स्वयंले नतिजा फरक आउने आकलन गरेको सो क्षेत्रबाट उनलाई जनताले ३७ हजार ७५० मत पाउँदा नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मतमात्र पाए। एमालेका दामोदर बैरागीले ७ हजार ९०६ मतमात्र ल्याए। २५ हजार मतान्तरले विजयी विना सामाजिक अभियन्ता हुन्।

गुरुङहरुको साझा संस्था तमु धिँ नेपालकी सल्लाहकार रहेकी उनी सञ्जिवनी दिदीबहिनी समूहमार्फत् महिलाहरुको हितमा काम गर्थिन्। सम्पन्न परिवारमा जन्मेकी उनी पञ्चासे केवलकार संचालक समितिको सदस्य तथा गोल्डेन साकोसको उपाध्यक्ष अनि सिर्जना संसार कोसेली घरकी संचालक पनि हुन्।

रास्वपा गण्डकीकी कोषाध्यक्षसमेत उनै विनाको विजयपछिसुरक्षा दस्ताले घेरिएर एउटा पार्टी प्यालेसबाट बाहिरिँदै गरेको भिडिओ यतिबेला सामाजिक सञ्जालमा चर्चित बनेको छ। सो भिडियोमा उनलाई केही युवा र एक पौढले माखेसाङ्लो बनाएर उनलाई कार्यक्रम कतै लगेको देखिन्छ। विनाले आफूलाई माखेसाङ्लो बनाएर सुरक्षा दिनेहरुलाई धन्यवाद भन्छिन् र काठमाडौं जान लागेको जानकारी दिन्छिन्।

रास्वपा कास्कीका अध्यक्ष यदुनाथ अधिकारीका अनुसार खासमा त्यो फागुन २७ गते बुधबार पार्टीले आयोजना गरेको बधाइ ज्ञापन तथा मतदातालाई धन्यवाद ज्ञापन गरेपछिको घटना हो। त्यो दिन पोखराको सिर्जनाचोकमा रहेको एक पार्टी प्यालेसमा रास्वपा कास्कीले राखेको कार्यक्रममा विना पनि सहभागी थिइन्। बैठकमा सहभागी एक रास्वपा नेताका अनुसार उनी कार्यक्रम नसकिँदै त्यहाँबाट बाहिरिएकी थिइन्। 

‘बाहिर के भयो थाहा भएन, ती माखेसाङ्लो बनाउनेमध्ये विजयजी (पौढ) लाई म चिन्छु तर अरु को हुन् र किन त्यसो गरियो भन्ने पनि थाहा छैन,’ती नेताले भने,‘ सभासद भएपछि हामीले पुरानाभन्दा फरक बन्ने प्रण गरेका थियौँ तर त्यहाँ त नहुनुपर्ने काम भएछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad